हिल्सामा पहिलो पटक ‘फोर-जी’

श्रावण १५, २०८० |जनकबहादुर शाही
हिल्सामा पहिलो पटक ‘फोर-जी’

हुम्ला । हुम्लाको हिल्सामा पहिलो पटक नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ ।

फोर-जी सेवा सञ्चालनमा आएसँगै वल्र्डलिंकको इन्टरनेटका लागि महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब छैन ।

टेलिकमले चीनसँग सीमा जोडिएको नाम्खा गाउपालिका वडा नम्बर ४ को इलिङ, ५ को नारा लेखमो पहिलो पटक फोर जीसहितको जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

गतसातादेखि हुम्लाको दुर्गम उत्तरी क्षेत्र यारी, मुचु, याल्वाङ, चाला र याङगारसहित हिल्सा नाकामा फोरजी सेवा सञ्चालन भएपछि चिनियाँ सिमकार्ड प्रयोग गर्दै आएका स्थानीयहरू नेपाल टेलिकमले फोरजीसहितको जीएसएम सेवा लिन पाउँदा खुसी छन् ।

लामो समयदेखि टु-जी सेवा सञ्चालन हुँदै आएको टावरबाटै फोर-जी सेवा संचालन भएपछि इन्टरनेटका लागि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।