
झापा । आगामी वैशाख ५ गतेदेखि १२ गतेसम्म चौथो ऐनी बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बुधबार झापामा आयोजित पत्रकार सम्मेलनमा "युवा जागरूकता आजको आवश्यकता" भन्ने मूल नाराका साथ झापाको विर्तामोडस्थित बुट्टाबारी खेल मैदानमा हुने प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो।
प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार र ट्रफी हात पार्ने छन् भने उपविजेताले नगद १ लाख ११ हजार १ पुरस्कार पाउनेछन्। आयोजक टिमसहित नेपालका ७ र भारत सिलिगुढीको एक गरी ८ टिम प्रतियोगितामा सहभागी हुँदैछन्।
स्थानीय खेलाडीहरूलाई खेल क्षमता वृद्धि गर्न, स्थानीय तहमा फुटबलको लोकप्रियता बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ।