.png&w=1000&height=550)
काठमाडौं । नेपालको अग्रणी स्पोर्ट्स च्यानल कान्तिपुर म्याक्सले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा' को उपचारका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको छ ।
यससँगै अपील गरेको २४ घन्टा नबित्दै सावित्राको उपचारका लागि आवस्यक खर्च समेत जुटेको छ । सावित्राले सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च जुटिसकेको बताएकी हुन् । उनको नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटर्फममा ४५ लाख नेपाली रूपैयाँ जम्मा भएको बताएकी छन् ।
साम्बाले आफ्नो उपचारका लागि ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सोमबार सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपील गरेकी थिइन् । अपील गरेको २४ घन्टा नबित्दै आवस्यक खर्च जोह भएपछि सावित्राले अब सहयोग नगर्न आग्रह गरेकी छन् ।
सहयोगमार्फत हाल उनको खातामा जम्म भएको रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा लाग्ने आवास र यातायातका लागि पनि प्रयाप्त हुने सावित्राले बताएकी छन् । यसअघि साम्बाको एसीएलमा शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेपछि पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएको हो ।