जय ट्रफी : बागमती आर्मी क्लबबीचको पहिलो दिनको खेल सकिँदा आर्मी ६८ रनले पछाडि

फाल्गुन ११, २०८२ |खेल ब्युरो
जय ट्रफी : बागमती आर्मी क्लबबीचको पहिलो दिनको खेल सकिँदा आर्मी ६८ रनले पछाडि

काठमाडौं । जय ट्रफी एलिट कपमा बागमती प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको पहिलो दिनको खेल सकिँदा आर्मी ६८ रनले पछाडि छ । 

पहिलो ब्याटिङ गरेको बागमतीले ७० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५९ रन बनायो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ब्याटिङको निम्तो दिएको थियो । बागमती प्रदेशले पहिलो इनिङ्समा ७० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ५९ रन बनायो । 

बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले भने इशान पाण्डेले ६९ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ आर्मीका शाहब आलमले २२ ओभरमा ६५ रन खर्चेर ३ विकेट आफ्नो नाम गरे । जवाफी ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी क्लबले पहिलो दिनको खेल सकिँदा ४० ओभरमा ३ विकेट गुमाएर एक सय ९१ रन बनाएको छ । 

आर्मीका लागि भीम सार्कीले ७४ रनको सानदार इनिङ्स खेले भने सन्तोष कार्की ४३ रन बनाएर अविजित छन्। पहिलो दिनको खेल समाप्त हुँदा आर्मी अझै ६८ रनले पछाडि छ। यो दुई दिवसीय खेलको दोस्रो तथा अन्तिम दिनको खेल मंगलबार बिहान साढे ९ बजे सुरु हुनेछ।