
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को १३औं खेलमा दक्षिण अफ्रिकाले दोस्रो जित हात पारेको छ ।
सुपर ओभरमा अफगानिस्तानले २४ रनको लक्ष्य पछ्याउन नसक्दा दक्षिण अफ्रिका भाग्यशाली बनेको हो । अहमदबादस्थित नरेन्द्र मोदी रंगाशालामा भएको खेलमा अफगानस्तानले टस जित्दै बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको थियो ।
उसले २० ओभरमा ६ विकेटका गुमाउँदै १ सय ८७ रन जोड्यो । पावरप्लेमा १ विकेट गुमाउँदै ४३ रन जोडेको दक्षिण अफ्रिकाले बलियो सुरूवात गर्यो । दक्षिण अफ्रिकाबाट क्विन्टन डी कक र रिकेल्टनले ६१ बलमा १ सय १४ रनको साझेदारी गर्दा उसले बलियो योलफल बनाउन सफल भयो ।
बलिङमा अजमतुल्लाह ओमारजीले ३ विकेट लिँदा राशिद खानले २ विकेट हात पारे । त्यस्तै, फजलहक फरूकीले पनि १ विकेट लिए । १ सय ८८ रनको लक्ष पक्ष्याइरहेको अफगानस्तानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८७ रन जोड्यो ।
ओेपनर रहमानुल्लाह गुरबाजले ४२ बलमा ८४ रन बनाए । इब्राहिम जारदनले १० बलमाल १२ रन मात्र जोड्न सफल भए । त्यसपछि आएका गुलबादीन नइब भने शुन्यमै पभेलियन फर्किए । त्यसैगरी, सेदीकुललाह अटललाई पनि अफगानस्तानले शुन्यमै गुमायो ।
डारविस रसुलीले १८ बलमा १५ रन मात्र बनाउन सफल भए । छैठौं स्थानमा आएका अजमतुल्लाह ओमारजाईले १७ बलमा २२ रनको योगदान गरे । त्यसपछि आएका मोहम्मद नाबिले ६ बलमा ५ रन मात्र बनाए । कप्तान राशिद खानले १२ बलमा २० रनको पारी खेल्दै टोलीलाई राहत दिलाए । ९औं स्थानमा आएका मुजिब उर रहमान शुन्यमै रन आउट भए र अन्त्यमा नुर अहमदले ९ बलमा १५ रन जोडे ।
त्यसैगरी, बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ ओभरमा ३ विकेट लिए । कगिसो रबाडा, मार्को यानसेन, जर्ज लिण्डे र केशव महाराजले समान १-१ विकेट आफ्नो नाममा गरे । रोमाञ्चक बनेको सुपर ओभरमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १८ रनको लक्ष्य दियो ।
अजमतुल्लह ओमारजाई ले १६ र रहमानुल्लाह गुरबाजले १ रन बनाउँदा उसले १७ रन जोड्यो । जवाफी ब्याटीङमा आएको दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै १७ रन मात्र जोड्दा खेल फेरि सुपर ओभरतर्फ नै धकेलियो । दोस्रो सुपर ओभरमा सुरवाती ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफगानिस्तालाई २४ रनको बलियो लक्ष्य पस्कियो ।
जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १९ रन मात्र बनाउन सक्दा जित दक्षिण अफ्रिकातर्फ गएको हो । समूह 'डी' को महत्त्वपूर्ण खेलमा अफगानिस्तानलाई सुपर ८ को सम्भावना जिवित राख्न यो खेल जित्नै पर्ने दबाब थियो । आफ्नो पहिलो खेलमा न्यूजिल्यान्डसँग पराजित भएको अफगानिस्तानले बुधबार हार व्यहोरेपछि सुपर ८ मा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । यद्यपि उसले यूएई र क्यानडासँग खेल्न बाँकी छ ।
'ग्रुप अफ डेथ' मानिएको समूह 'डी' मा दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा क्यानडाविरूद्ध सहज जित दर्ता गर्दै बलियो सुरूआत गरेको थियो । समूह 'डी'मा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पार्दै ४ अकं बनाएको छ भने अंकविहीन अफगानिस्तान पहिलो जितको खोजीमा छ ।