स्पेनका कार्लोल अल्काराज बने अष्ट्रेलियन ओपन च्याम्पियन

माघ १८, २०८२ |खेल ब्युरो
स्पेनका कार्लोल अल्काराज बने अष्ट्रेलियन ओपन च्याम्पियन

काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्कराज करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा पुरूष खेलाडी बनेका छन्। 

आइतबार भएको रोमाञ्चक फाइनल जित्दै अल्काराजले इतिहास रचेका हुन्। २२ वर्षीय अल्कराजले सर्बियाका अनुभवी खेलाडी नोभाक जोकोभिचविरूद्ध पुनरागमन गरे। फाइनलको सुरूवाती चरणमा जोकोभिचले अनुभवको भरमा खेल नियन्त्रणमा राखे पनि अल्कराजले बेसलाइनबाट लय समात्दै कमब्याक गरेका हुन्। 

३८ वर्षे जोकोभिचले खेलको पहिलो सेट २-६ ले जितेका थिए। तर उनको त्यो लयविरूद्ध अल्काराज खरो उत्रिए। उनले बाँकी सेट ६-२, ६-३ र ७-५ ले जित्दै उपाधिमा कब्जा जमाएका हुन्। खेल जितेसँगै अल्कराजले उत्साहमा कोर्टमै ढलेर विजयको उत्सव मनाएका थिए। 

यता, हार व्यहोरे पनि ३४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले खेल भावना देखाउँदै नेट पार गरेर अल्कराजलाई अँगालो हालेका थिए। आजको हारसँगै जोकोभिचको २५औँ ग्रान्डस्लाम उपाधि जित्ने प्रयास असफल भएका छ। खेलपछि १० पटकका अष्ट्रेलियन ओपन विजेता जोकोभिचले भविष्यप्रति अनिश्चितता व्यक्त गर्दै मेलबर्नमा फेरि खेल्ने वा नखेल्ने विषयमा शंका व्यक्त गरे। 

जोकोभिचले १५ हजार दर्शकसामु आउँदो ६ वा १२ महिनामा हुने वरिवर्तन अनिश्चित भएको बताए। यो अल्काराजको सातौं ग्रान्डस्लाम अवार्ड हो। उनले सबैभन्दा कान्छो उमेरमा सबै ग्रान्डस्लाम जित्ने जोकोभिचको रेकर्ड पनि तोडेका छन्। उनी चारै ग्रान्डस्लाम जितेर इतिहास रच्ने नवौँ पुरूष खेलाडी बनेका छन्।