आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माग २७ देखि हुने

माघ १८, २०८२ |खेल ब्युरो
आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माग २७ देखि हुने

पाेखरा । २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माग २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष नेपालसहित भारत, भुटान र उज्बेकिस्तानका १२ टोली सहभागी रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 

यस वर्ष पुरस्कार राशी दुई लाख बढाइएको छ । यो संस्करणको विजेताले नगद १४ लाख एक हजार रूपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रूपैयाँ प्राप्त गर्नेछन् । आहा रारा गोल्डकप सुरू भएको २५ वर्ष पूरा भएको छ । यस अवसरमा आयोजकले यस वर्ष प्रतियोगिताका खेलहरू कृत्रिम बत्तीमा खेलाउने बताएको छ ।