
काठमाडौं । राष्ट्रिय लिगमा प्लानिङ ब्वाईज यूनाईटेडले आफ्नो तेस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको दिनको पहिलो खेलमा प्लानिङले क्राँकेविहार यूथ क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफबाट नै दबाब बनाएको प्लानिङले ५औं मिनेटमा नै सफलता हात पार्यो ।
बबिन बोहराले गोल गर्दै प्लानिङलाई सुरूआती समयमै अग्रता दिलाए । १२औं मिनेटमा रोमन भुजेलले गोल गर्दै प्लानिङको अग्रता थप मजबुत बनाए । पहिलो हाफमा २ गोल गरेको प्लानिङले दोस्रो हाफमा खेलको गति केही कम गरेको थियो । दोस्रो हाफमा बलमा नियन्त्रण राखे पनि प्लानिङले १ गोलमात्र निकाल्न सक्यो ।
खेलको इन्जुरी समयमा हेमन लिम्बुले गोल गर्दै प्लानिङको जित सुनिश्चित गरे । प्लानिङले लिगमा तेस्रो जित हात पारेको हो भने काँक्रेविहार ५ खेल आइपुग्दासम्म जितविहीन छ । अब प्लानिङले बुधबार फ्रेन्ड्सको सामना गर्नेछ । त्यसैगरी, सोही दिन क्राँकेविहारले चित्लाङविरूद्ध पहिलो जितका लागि भिड्नेछ ।