२०२६ को अष्ट्रेलियन ओपन कस्तो रह्यो ?

माघ १७, २०८२ |खेल ब्युरो
२०२६ को अष्ट्रेलियन ओपन कस्तो रह्यो ?

काठमाडौं । वर्ष २०२६ को अष्ट्रेलियन ओपन कस्तो रह्यो ? 

क्वार्टरफाइनलसम्मका खेललाई आधार मान्ने हो भने पछिल्लो दशककै सबैभन्दा दिक्कलाग्दो खेल भएको प्रतियोगिताका रुपमा अष्ट्रेलियन ओपनलाई लिइयो । न सानदार पुनरागमन, न नाटकीय र क्लासिक खेल नै । तर सेमिफाइनलका दुई खेलले यो प्रतियोगितालाई नयाँ परिभाषा प्रदान गरेको छ । यी दुवै खेल प्रतिस्पर्धात्मक गुणले भरिएका थिए।

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराजको हातमा एउटा ट्याटु खोपिएको छ, जहाँ स्पेनिस भाषामा लेखिएको छ-काबेथा, कोरथोन, कोहोने । यसले कठिन समयमा दिमाग, साहस र हृदय देखाउने क्षमता हुनुपर्छ भन्ने जनाउँछ । जुन अल्काराजका हजुरबुबाले भन्ने गर्थे। त्यसलाई उनले खेलको सूत्र बनाए । 

शुक्रबार साँझ मांसपेसीको चोटका बाबजुद उनले जुन खेल अष्ट्रेलियन ओपनको फाइनल पुग्न प्रस्तुत गरे त्यो उनको करिअरकै उत्कृष्ट मात्रै थिएन, सिजनकै सानदार सुरूआत पनि थियो। जारी सिजनको अष्ट्रेलियन ओपन खास भएन । कमजोर प्रतिस्पर्धाले समर्थक निराश थिए । 

यान्निक सिनर र बेन शेल्टनको अन्तिम ८ को खेल प्रतिस्पर्धात्मक बन्ने आशाविपरीत, सिनरले ३-० को सोझो सेटमा जित निकाले । यो प्रदर्शनले त प्रतियोगितामा आलोचनाको आँधी नै आयो। किनभने जोकोभिच र लोरेन्जो मुसेट्टीको खेल पनि टुंगिन सकेन । तेस्रो सेट सकिएसँगै मुसेट्टीले वाकओभर दिए । दुई सेट हारेका जोकेबिचले खेल कोशेली पाए। अल्काराजले अलेक्स डि मिनुरलाई तीन सेटमै हराए।

ती सबै नैराश्यता र आलोचनाबीच शुक्रबार भएका दुवै सेमिफाइनलले यो वर्षको प्रतियोगिताको रोमाञ्चकता कायमै रहेको प्रष्ट पार्‍यो । पहिलो सेमिफाइनलमा विश्व नम्बर वान कार्लोस अल्काराजले तेस्रो वरीयताका ज्वेरेभलाई हराउन गरेको प्रदर्शन असाधारण र आकर्षित सावित भयो । 

पाँच घन्टा २७ मिनेट चलेको खेलमा तीन पटक त टाइब्रेकरबाट निर्णय लिनु पर्‍यो । सुरूमा दुई सेट जितेका अल्काराजले त्यसपछिका दुवै सेट टाईब्रेकरमा गुमाएका थिए । पाँचौ तथा निर्णायक सेटमा ७-५ को जितसहित खेल आफ्नो पोल्टामा पारे। खेलमा अल्काराजले मेडिकल टाइम आउट लिएका थिए। 

मांशपेसीको समस्याका कारण उनले टाइमआउट लिनु परेको थियो। नियमविपरीत टाइम आउट दिएको भनेर ज्वेरेभले आरोप लगाए पनि अल्काराज सहजताका साथ खेलिरहेका थिएनन् । त्यो खेल हेरेका जोकोभिच र सिनरको दोस्रो सेमिफाइनल पनि पााच सेटमा नै पुग्यो । 

पहिलो पटक दुई खेल टुंगिन नौ घण्टा लाग्यो। सेमिफाइनल पाँच सेटमा पुगेर आफूले नतिजा खोसेपछि जोकोभिचले भनेका छन् - आज समर्थकले तिरेको पैसा सबै असुल्ने गरि खेल भयो। किनभने चौथो वरियताका जोकोभिचले दोस्रो वरियताका सिनरलाई हराएका थिए। पहिलो सेटमा पराजित हुँदै एक समय १-२ ले पछि परेको जोकोभिचले अन्तिम दुई सेटमा कमब्याक गरेका थिए।

फाइनल पुगेका २२ वर्षे अल्काराज र ३८ वर्षका जोकोभिच दुवैले जस्तो स्थितिमा पनि पुनरागमन गर्न सक्छौं भनेर प्रमाणित गरेका छन्। त्यसैले उपाधिका लागि आइतबार हुने खेलले मनोरञ्जनको अर्को तह पार गर्ने अनुमान छ। यी दुईबीचको फाइनल टेनिसको दुई पुस्ताबीचको प्रतिनिधिको फाइनलसमेत हुनेछ।