.png&w=1000&height=550)
काठमाडौं । एसिया कप राइजिङ स्टार्सका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।
प्रशिक्षक हर्षल पाठकले पुजा महतोको कप्तानीमा १५ सदस्यीय स्क्वाड सार्वजनिक गरेका हुन् । नियमित कप्तान इन्दु बर्मा चोटग्रस्त भएपछि पुजालाई टिमको नेतृत्व दिइएको हो । ह्याम्स्ट्रिङमा चोट लागेपछि इन्दु सात देखि ८ साता मैदान बाहिर रहनेछिन् ।
उनी टी- २० विश्वकप छनोटको दौरान स्कटल्यान्डसँगको खेलका क्रममा ब्याटिङ गर्दा घाइते भएकी थिइन् । विश्वकप छनाेटमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । घरेलु मैदानमा भएको टि-२० विश्वकप छनाेटबाट प्रशिक्षक पाठकले तीन खेलाडी परिवर्तन गरेका छन् ।
इन्दुसहित रचना चौधरी र राजमती ऐरी बाहिर रहँदा रूवि पोदार, सिमाना केसी र अनु कडायतले टिममा स्थान बनाएका छन् । समुह 'ए'मा रहेको नेपालले फेब्रुअरी १३ मा पाकिस्तान 'ए', १५ मा यूएई र १७ मा भारत 'ए'संग खेल्नेछ । समूह 'बी'मा बंगलादेश 'ए', श्रील|का 'ए', घरेलु टिम थाइल्यान्ड र मलेसिया छन् । समूहका शीर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन् ।