टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला तेस्रो स्थान हासिल गर्न सफल

माघ १७, २०८२ |खेल ब्युरो
टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला तेस्रो स्थान हासिल गर्न सफल

काठमाडौं । टाइगर कप महिला तथा पुरूष भलिबल च्याम्पियनसिपको पुरूषतर्फ पर्वतले तेस्रो स्थान हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पर्वत जिल्ला भलिबल संघले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २५-२० ले जितेको पर्वतले दोस्रो सेट २४-२५ ले आफ्नो पक्षमा पार्यो । अन्तिम सेटमा २५-१३ को फराकिलो अन्तरले जित हात पार्दै पर्वतले जित सुनिश्चित गर्यो । यी दुई टिम लिग चरणमा तेस्रो र चौथो भएर तेस्रो स्थानको निर्णायक प्रतिस्पर्धामा पुगेका थिए। 

पर्वत भने पुलिससँग सेट रेसियोमा पछि परेर मात्रै तेस्रो भएको थियो। त्यसैगरी, शनिबार दिउँसो २ बजे गण्डकी प्रदेश भलिबल सघं र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुने तालिका छ । उनीहरू टेबलमा पहिलो र दोस्रो भएर फाइनल खेल्न लागेका हुन् ।