
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीस्थित नगदेशमा ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी नाच देखाइएको छ ।
श्रीस्वस्थानी लोक कथामा आधारित पात्र नवराजलाई हात्तीले फुलमाला पहिराई राजा बनाएको किंवदन्तीको आधारमा यो नाच देखाउने गरिन्छ । यो वर्ष नवराजको रूपमा स्थानीय जेनिश बाडेले पुलुकिसीमा चढेर यो नाच प्रर्दशन गर्नुभएको छ ।
त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्धयमा चार्भी बाडे र दीप्सा उप रहनुभएको छ । परम्परागत बाजाको तालमा नाचिने यो नाच देखाइनुअघि नगदेशको लाछीस्थित सिद्धि गणेश मन्दिर प्राङ्गणमा भगवान् माधव नारायण ल्याएर विराजमान गराएपछि नवराजद्वारा पूजा गरिन्छ ।
पूजा सकिएपछि साँझ पुलुकिसी नाच प्रर्दशनी गरी नगर परिक्रमा गराइएको थियो ।