अष्ट्रेलियन ओपन टेनिस : उपाधिका लागि जोकोभिच र अल्काराज प्रतिस्पर्धा गर्ने

माघ १६, २०८२ |खेल ब्युरो
अष्ट्रेलियन ओपन टेनिस : उपाधिका लागि जोकोभिच र अल्काराज प्रतिस्पर्धा गर्ने

काठमाडौं । अष्ट्रेलियन ओपन ग्रान्ड सल्याम टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र कार्लोस अल्काराज प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सर्भियन स्टार जोकोभिचले यानिक सिनरलाई ६-३, ३-६, ६-४, ४-६, ७-५ को रोमाञ्चक पाँच सेटमा पराजित गरे । यससँगै उनी ११औँ अष्ट्रेलियन ओपन फाइनलमा प्रवेश गरेका हुन् । यसले ३८ वर्षीय जोकोभिचको २५औँ ग्रान्ड स्लाम उपाधि जित्दै कीर्तिमान बनाउने सम्भावना जिवित रहेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कार्लोस अल्काराज मेडिकल टाइमआउट विवादबीच अलेक्जेन्डर ज्वेरेभलाई पाँच सेटको रोमाञ्चक भिडन्तमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । तेस्रो सेटमा शारीरिक समस्या देखिएपछि लिएको मेडिकल टाइमआउटलाई लिएर ज्वेरेभले असन्तुष्टि जनाए पनि अल्काराजले आफूले नियम उल्लंघन नगरेको स्पष्ट पारेका थिए । 

पाँच घन्टा लामो खेलमा अल्काराजले ६-४, ७-६, ६-७, ६-७, ७-५ को जित निकाले ।