प्रदेश र स्थानीय तह निर्वाचनअघि नै नियमित महाधिवेशन भइसक्ने थापाको भनाइ

माघ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदेश र स्थानीय तह निर्वाचनअघि नै नियमित महाधिवेशन भइसक्ने थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश र स्थानीय निर्वाचनअघि नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०-४० को भागबन्डा अब सकिएको उहाँले बताउनु भयो । 

कांग्रेसले पार्टीभित्र पनि भागबन्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा उहाँले गर्नुभयो । सभापति थापाले कांग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभइ सोच, संकल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको बताउनुभयो ।

सभापति थापाले आफूहरूले जोखिम उठाएर पार्टीलाई रूपान्तरण गर्ने संकल्प गरिएको र त्यो सफल भएको बताउनु भयो । सभापति थापाले अब कांग्रेसको कार्यशैली, नीति तथा त्यसबाट आउने परिणामसमेत नयाँ हुने दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.