टाइगर कप भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि न्यू डायमन्डलाई

विभागिय टोली एपीएफ सोझो सेटमा पराजित
माघ १६, २०८२ |खेल ब्युरो
टाइगर कप भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि न्यू डायमन्डलाई

काठमाडौं । न्यू डायमन्ड स्पोट्र्स क्लबले पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । 

छैटौं संस्करणको प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो । च्याम्पियन बन्ने क्रममा न्यू डायमन्डले प्रतियोगिता भर कुनै सेट समेत गुमाएन, पछिल्लो सयम माहिलातर्फ घरेलु भलिबलमा एकतर्फी राज गरिरहेको न्यू डायमन्डले एक महिनाको अन्तरालमा तीनवटा राष्ट्रिय स्तरका प्रतियोगिता जितेको छ । 

तीनवटै प्रतियोगितामा न्यू डायमन्डले पुलिसलाई नै पाखा लगाएको हो । केही साताअघि न्यू डायमन्डले एनभीए च्याम्पियनसिप र नवौं शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । न्यू डायमन्डसँगको लगातारको हारले पुलिस भने तीनै पटक उपविजेतामा सिमित भयो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा न्यू डायमन्डले एकतर्फी नतिजा हात पार्दा पुलिस निरिह सावित भयो । होम ट्रेबल जित्ने क्रममा कुमार राइको टोलीले पहिलो सेट २५-११ दोस्रो सेट २५ २२ र तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्यो । बिहिबार सम्पन्न खेलमा नेपाल एपीएफ क्लबलाई ५ सेटमा पराजित गर्दै भ्रमण टोली थाइल्यान्ड क्विन्सले तेस्रो स्थान प्राप्त गरेको थियो ।

यससँगै च्याम्पियन न्यू डायमन्डले ६ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ पुरस्कार पाएको छ । दोस्रो स्थान हासिल गरेको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रूपैयाँमा चित्त बुझायो ।