एमालेले फागुन पहिलो हप्ता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छ : शंकर पोखरेल

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेले फागुन पहिलो हप्ता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाइ हुन गएको पनि स्पष्ट पार्नुभयो । 

महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरूले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताउनु भयो । निर्वाचन आयोगको कार्यतालिका सुरू हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने महासचिव पोखरेलको भनाइ थियो ।

महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरूले सो घोषणा पत्र जनताको माझमा पुर्‍याउने पनि बताउनु भयो । उहाँले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरूसँग परामर्श गरिसकेको पनि स्मरण गराउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.