न्यू डायमन्ड युथ स्पोर्टस क्लब टाइगर कप भलिबलको फाइनलमा

माघ १३, २०८२ |खेल ब्युरो
न्यू डायमन्ड युथ स्पोर्टस क्लब टाइगर कप भलिबलको फाइनलमा

काठमाडौं । न्यू डायमन्ड युथ स्पोर्टस क्लब छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३- ० को सोझो सेटमा पराजित गरेसागै न्यू डायमन्डको फाइनलमा यात्रा पक्का गरेको हो । पहिलो सेट २५-११ ले आफ्नो पक्षमा पारेको न्यू डायमन्डले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२० ले जित्यो । लगातार तेस्रो जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको न्यू डायमन्ड ९ अंकसहित शीर्ष स्थानमा छ ।

जारी प्रतियोगितामा हालसम्म कुनै सेट पनि नगुमाएको न्यू डायमन्ड एक माहिनाको अन्तरालमा तेस्रो पटक राष्ट्रिय स्तरको महिला भलिबलको फाइनल खेल्न लागेको हो । केही साताअघि उसले एनभिए च्याम्पियनसिप र नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । 

दुवै प्रतियोगिताको फाइनलमा न्यू डायमन्डले पुलिसलाईनै पराजित गरेको थियो । पछिल्लो सयम पुलिसले न्यू डायमन्डसँग लगातार तेस्रो हार व्यहोरेको हो । यस्तै महिला तर्फनै विभागीय टोली त्रिभुवन आर्मी जितविहीन हुँदै च्याम्पियनसिपबाट बाहिरिएको छ । 

मंगलबार सम्पन्न खेलमा थाइल्यान्ड क्विन्सले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्यो । थाइल्यान्डले पहिलो सेट २५-११ दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा सशस्त्र एपीएफसँग पााचौं सेटमा पुगेर हार बेहोरेको थाई टोली त्यसपछि भने अपराजित छ । चार वटै खेलमा पराजित आर्मीका लागी यो प्रतियोगिता विर्बन लायक भयो । उसले जितविहीन रहेर च्याम्पियनसिपको अन्त्य गरेको छ ।