विराटनगरमा जारी क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ र विराटनगर क्रिकेट क्लब विजयी

माघ ५, २०८२ |खेल ब्युरो
विराटनगरमा जारी क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ र विराटनगर क्रिकेट क्लब विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा जारी क्रिकेट लिगमा सोमबार सिद्धार्थ स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब विजयी भएका छन् । 

पहिलो खेलमा सिद्धार्थले कटहरी क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्दै लगातार दुई खेलमा जित हात पार्दै समुह "बी" को शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको छ । 

पराजित कटहरी प्रतियोगिताबाट बाहिरिएको छ ।