
उदयपुर । ११औं नारदमुनी थुलुङ स्मृती गोल्डकप आगामी माघ १५ गतेदेखि सञ्चालन हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बसाहा क्लबले १५ गतेदेखि सञ्चालन गरी २२ गते फाइनल हुने जनाएको छ । प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका आठ टिमले भाग लिने भएका छन् ।
क्लबका अध्यक्ष दिनेश राईका अनुसार उपाधि विजेतालाई पाँच लाख र उपविजेतालाई तीनलाख रुपैयाँ नगद पुरस्कार रहेको छ । सहभागी टिमहरुमा आयोजक बसाहा-११, एलएक्स सिटि मोरङ-११, द योङ ब्रोदर्श सुनसरी-११, सहलेश क्लब सिरहा, नेपाल खेलकुद क्लब रौतहट, एपीएफ क्लब काठमाडौं, न्यू त्रियुगा स्पोर्टस् क्लब सप्तरी र झापा-११ रहेका छन् ।