
काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटकाे वार्म अपअन्तर्गत नै शुक्रबारका अन्य खेलहरूमा नेदरल्यान्ड्स, स्कटल्यान्ड र आयरल्यान्डले जित हासिल गरेका छन्।
तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान भएको खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि ८६ रनको सानदार जित निकालेको हो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय एक रन बनाएको थियो।
जवाफी ब्याटिङमा आएको नामिबियाले दुई सय २ रनको लक्ष्य पुरा गर्न सकेन। उसले २० ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन मात्रै बनाउन सक्यो। यसैगरी, माथिल्लो मुलपानी मैदानमा स्कटल्यान्डले पपुवा न्यु गिनीया पीएनजीलाई सात विकेटले हराएको छ।
पहिले ब्याटिङ गरेको पीएनजीका ब्याटरलाई स्कटल्यान्डका ब्याटरले दबाबमा राख्दै एक सय ११ रनमा रोकेका थिए। २० ओभरमा उसले नौ विकेट गुमाएर सो रन बनाएको हो। जवाफमा एक सय १२ रनको लक्ष्य स्कटल्यान्डले १३ ओभरमा नै तीन विकोट मात्रै गुमाएर पुरा गर्यो।
टीयू क्रिकेट मैदानमा आयरल्यान्डले जिम्बाब्वेलाई ६ विकेटले हराएको छ। २० ओभरम एक सय २५ रन बनाएको जिम्बावेविरूद्ध आयरल्यान्डले सम्हालिएर खेल्दै जित हाासिल गरेको हो। एक सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा चार विकेट गुमाएर एक सय २८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो।
यससँगै माघ ४ गतेबाट नेपालमा सुरू हुने विश्वकप छनोटका लागि सबै टिमले तयारी सम्पन्न गरेका छन्।