अन्तर्राष्ट्रिय फुटसलमा नेपाली राष्ट्रिय पुरूष टोलीको पहिलो जित

सरोज तामाङको उत्कृष्ट प्रर्दशन
माघ २, २०८२ |खेल ब्युरो
अन्तर्राष्ट्रिय फुटसलमा नेपाली राष्ट्रिय पुरूष टोलीको पहिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटसल टोलीले अन्तर्राष्ट्रिय फुटसलमा पहिलो जित निकालेको छ। 

नेपालका सरोज तामाङको उत्कृष्ट प्रर्दशन आउँदा नेपालको लागि जितको बाटो सहज बनेको हो। थाइल्यान्डस्थित, हुआ माक रंगाशालामा भएको खेलमा नेपाल २-१ ले विजयी भएको हो। सन् २०१७ मा फुटसल यात्रा सुरू गरेको नेपालले अन्तर्राष्ट्रिय खेलदमा ८ वर्षपछि मात्रै पहिलो जित हासिल गरेको हो।

नेपालले, खेलको सुरूवातबाटै बलमा नियन्त्रण राखेको थियो। पहिलो हाफको आठौं मिनेटमा नेपालका संजय स्याङतानले पाएको अवसरको सदुपयोग गर्न नसक्दा अग्रता बनाउनबाट चुकेको थियो । ११औं मिनेटमा श्रीलंकाका मोहमद गुरसित साजनले पहिलो गोल गर्दै टोलीलाई अग्रताल दिलाए। 

नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा नेपाल खेलमापछि परेको हो। एक गोलले पछि परेको अवस्थाबाट बराबरी गोलको लागि भने नेपालले धेरै समय कुर्न परेन। १४औं मिनेटमा नेपालका सोरोज तामाङले लामो दूरीबाट सट प्रहार गर्दै बराबरी गोल फर्काएका हुन्।

पहिलो हाफ बराबरीमा सकिएको नेपालले दोस्रो हाफमा सरोज तामाङमार्फत अग्रता लियो। २१औं मिनेटमा कम्बिनेशन प्लेमार्फत सरोजले गोल गरेर नेपालको जित निश्चित गरेका हुन्। नेपालले दोस्रो खेलमा जनवरी १८ मा भारतसँग खेल्नेछ।