एन्फाद्वारा आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदन पारित

१ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट पारित गर्ने निर्णय
पुस ३०, २०८२ |खेल ब्युरो
एन्फाद्वारा आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदन पारित

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

आगामी माघ २८ गतेका लागि घोषणा गरिएको निर्वाचनअघि बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बसेको कार्यसमिति बैठकले लेखापरीक्षण प्रतिवेदनसँगै सन् २०२६ का लागि बजेट पनि अनुमोदन गरेको हो ।

बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ सन् २०२६ का लागि कुल १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रूपैयाँ बराबरको बजेट पारित गर्ने निर्णय गरेको छ । माघ २८ का लागि निर्वाचन घोषणा गरिए पनि एन्फाको निर्वाचन प्रक्रिया विवादित बनेको छ । 

निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि एन्फाले उक्त आदेश बुझ्न मानेको छैन ।