
संखुवासभा । संखुवासभाको खाँदबारीमा जारी तेस्रो संस्करणको तीनपोखरी कप फुटबल प्रतियोगितामा चुलाचुली स्पोर्टिङ क्लब, झापा सेमीफाइनलमा प्रवेश गरेको छ।
आइतबार खाँदबारी रंगशालामा सम्पन्न खेलमा चुलाचुलीले घरेलु टिम खाँदबारी युथ क्लबलाई १-० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। अर्को खेलमा सेकाहा सामुदायिक क्लब, संखुवासभाले बेलका स्पोर्टिङ क्लब, उदयपुरलाई ३-० को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।