
काठमाडौं । भारतको उमन्स प्रिमियर लिग-डब्ल्युपीएलमा गुजराज जायन्ट्सले युपी वारियर्सलाई १० रनले पराजित गरेको छ।
शनिबार डिवाई पाटिल रंगशालामा भएको खेलमा एक सय ८ रनको लक्ष्य पछ्याएको वारियर्स एक सय ९७ रनमा समेटिएपछि जायन्ट्सले १० रनको जित हासिल गरेको हो। गुजरातको मध्यक्रमले राम्रो ब्याटिङ गरेपछि २० ओभरमा चार विकेट मात्रै गुमाएर दुई सत सात रन बनाएको थियो।
विसाल लक्ष्य प्रस्तुत गर्ने क्रममा असलेग वेरहामले ४१ बलमा ६५ रनको सानदार इनिङ्स खेलेकी थिइन्। अनुश्का शर्माले ४४ रनको योगदान गरेकी थिइन्। युपीका लागि सोफीले दुई विकेट लिएकी थिइन्। जवाफमा तीन रनमै एक विकेट गुमाएको भए पनि युपीले कमब्याकको सबै प्रयास गरेको थियो।
तेस्रो नम्बरकी फोबे लिचफिल्डले ४० बलमा ७८ रन प्रहार गरिन्। उनले यसक्रममा ८ चौका र पाँच छक्का प्रहार गरेकी थिइन्। त्यसैगरी, मेग लानिङले ३०, स्वेथा शेरावातले २५ र आशा सोबानाले २७ रन जोडेर टिमलाई सहयोग गरे पनि हार टार्न सकेनन्।
गुजरातलाई जित दिलाउन रेणुका सिंह, सोफी डिभाइन र जर्जियाले दुई-दुई विकेट लिएका थिए। यस जितसँगै उसले प्रतियोगितामा विजयी सुरुआत गरेको हो।