
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो । स्टुर्वट ल को मुख्य प्रशिक्षमा रहेको टिममा सेर मल्ल र वसिर अहमदले स्थान बनाएका छन् भने टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट टिममा सामेल कुशल मल्ल र महोम्मद आदिल आलमले विश्वकप खेल्ने टिममा स्थान बनाउन सकेनन् ।
सेर र बसिरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा सानदार प्रदर्शन गरेपछि राष्ट्रिय टिममा स्थान बनाएका हुान । २३ वर्षिय राइट आर्म अफ ब्रेक सेरले लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउने क्रममा १० खेलमा १७ विकेट लिएका थिए । उनी विश्वकप खेल्ने टिममा सामेल एकमात्र अन्क्याप्ड खेलाडी हुन् ।
यस्तै विराटनगर किङ्गसलाई पहिलो क्वालिफायर्ससम्म पुर्याउन २२ वर्षिय बसिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । उनले विराटनगरका लागि ९ खेलमा १ सय ९१ रन बनाउनुका साथै ३ विकेट लिएका थिए । नेपालका लागि ७ टी-२० आईको ४ इनिङ्समा १ सय २३ रन बनाएका बायाँ हाते अलराउन्डर बसिरले ४ ओडीआई समेत खेलेका छन् ।
नेपालले समग्रमा तेस्रो र लगातार दास्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो । सोमपाल कामी नेपालका लागि तिनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी बन्दै छन् । टिममा कप्तान रोहित र उपकप्तान दिपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोराले स्थान बनाएका छन् ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुनेछ । नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह 'सी' मा छ । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्ने छ । फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ ।
तालिकामा कुनै फेरबदल नभए नेपालले आˆना सबै खेल मुम्बईस्थित वान्खडे स्टेडियममा खेल्ने छ ।