टी-२० विश्वकपमा नेपाली टिमले प्रयोग गर्ने जर्सी सार्वजनिक

टी-२० विश्वकपको ट्रफी‍ नेपाल आइपुग्यो, ट्रफी भोलि पोखरा र काठमाडौंमा प्रदर्शनपछि बहराइन पठाइने
पुस २१, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपमा नेपाली टिमले प्रयोग गर्ने जर्सी सार्वजनिक

काठमाडौं । आईसीसी मेन्स टी-२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ। 

युएईबाट साेमबार नेपाल आइपुगेको ट्रफी-टुरअन्तर्गत यो ट्रफीलाई मंगलबार पोखरा लगेर फेवातालमा प्रदर्शन गरिनेछ। मंगलबार दिउँसो बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनमा राखिनेछ भने बुधबार बिहान बौद्धमा प्रदर्शनपश्चात् बहराइन पठाइनेछ।

आईसीसी टी-२० विश्वकपको यो ट्रफी लन्डनस्थित प्रतिष्ठित लक्जरी सिल्भरस्मिथ थोमस लाइटद्वारा हातले तयार गरिएको हो। चाँदीले मोडिएको धातुबाट बनाइएको यो ट्रफीले परम्परागत र आधुनिक डिजाइनको आकर्षक संयोजन प्रस्तुत गर्छन् । यो ट्रफी पाँचवटा अलग-अलग धातु ढाँचाबाट तयार गरिएको छ। 

क्यानले ट्रफी सार्वजनिकसँगै भारत र श्रीलंकामा यसै वर्ष आयोजना हुने मेन्स टी-२० विश्वकपमा प्रयोग गर्ने नेपालको जर्सी सार्वजनिक गरेको छ। नेपाली क्रिकेट संघ-क्यानले पत्रकार सम्मेलन गरी जर्सी सार्वजनिक गरेको हो। जर्सीमा केही परिवर्तन गरिएको छ। 

गर्धनमा त्रिभुजभित्र चन्द्र र सूर्य राखिएको छ भने सगरमाथा अंकित गरिएको छ। साइडमा सेतो लाइनले रातो र निलो रङ छुट्याइएको छ। जर्सीलाई नेपाली पुरुष सिनियर टिम र महिला टिमका खेलाडीद्वारा सार्वजनिक गरिएको थियो। प्लेयर जर्सीको मूल्य तीन हजार चार सय ९९, रेप्लिकाको मूल्य एक हजार पाँच सय ९९ र फ्यान जर्सीको रेट सात सय ९९ रहको छ।