कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आउनुभएको छ । हिजोको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.