त्रिवेणी कप फुटबल : लाङ्दीदेवी युवा क्लब फाइनलमा

पुस २०, २०८२ |खेल ब्युरो
त्रिवेणी कप फुटबल : लाङ्दीदेवी युवा क्लब फाइनलमा

लमजुङ । लाङ्दीदेवी युवा क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा 'ए' डिभिजन लिगको विजेता टिम चर्च ब्वाईज युनाइटेडलाई हराउँदै लाङ्दीदेवीले फाइनलमा स्थान सुरक्षित गरेको हो। बेसिसहरको त्रिवेणी मैदानमा भएको सेमिफाइनलमा २-० को हारसहित चर्च ब्वाईज भने बाहिरिएको छ। 

खेलको ३०औं मिनेटमा लाङ्दीदेवी युवा क्लब नाल्माका रोहन कार्कीले गोल गर्दै लाङ्दीदेवीलाई अग्रता दिलाएका हुन् । त्यसैगरी उसले पेनाल्टीको सहयोगमा दोस्रो गोल गरेर खेल आफ्नो पक्षमा पारेको हो। शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै त्रिवेणी कप फुटबलको फाइनलमा स्थान बनाएको थियो। 

सो खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको खेलमा एपीएफका चार खेलाडीले गोल गरेका थिए।