सप्तरी, सिरहासहित आसपासका जिल्लाहरूमा अत्यधिक चिसाे बढ्याे, जनजीवन प्रभावित

एक साताका लागि विद्यालय बन्द
पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सप्तरी, सिरहासहित आसपासका जिल्लाहरूमा अत्यधिक चिसाे बढ्याे, जनजीवन प्रभावित

सप्तरी । पछिल्लो एक सातादेखि सप्तरी, सिरहासहित आसपासका जिल्लाहरूमा चिसो अत्यधिक बढेको छ ।

पश्चिमबाट चल्ने सिरौटो हावा र बाक्लो हुस्सुले तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित बनेको हो । खासगरेर बिहान र बेलुकी चल्ने शितलहरले विद्यालय जाने बालबालिका तथा वृद्ध-वृद्धा बढी प्रभावित भएका हुन् । चिसोले ग्रामिण क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन पनि सकस भइरहेको छ भने दुई छाक जुटाउन दैनिक मजदुरी गर्ने वर्गलाई पनि रोजगारीको समस्या भएको छ । 

यस्तै चिसोका कारण बिरामी भई सप्तरीका अस्पतालहरूमा उपचार गराउन आउनेहरूको संख्या पनि बढ्दै गएको छ । चिसो बढेपछि सप्तरीको बोदेबर्साइन, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गरेको छ । राजविराज नगरपालिकाले सर्वसाधारणलाई चिसोबाट जोगिन बजारको ठाउँ-ठाउँमा आगो ताप्न दाउरा उपलब्ध गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.