
काठमाडौं । माया ग्रुपले एकै पटक नौ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बास्डर घोषणा गरेको छ।
आइबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रुपले राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित नौ खेलाडीलाई ब्रान्ड एम्बास्डर बनाएको हो। माया ग्रुपले ब्रान्ड एम्बास्डर बनाएका खेलाडीहरुमा दिपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्सन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र महिला यू-१९ क्रिकेट टिमकी उपकप्तान सोनी पाख्रिन रहेका छन्।
प्रायोजक कम्पनीले खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराउने जानकारी दिएको छ। दुई वर्षको सम्झौता रहेको भए पनि सम्झौता रकम भने खुलाइएको छैन्। सम्झौता पत्रमा एम्बासडर नियुक्त भएका खेलाडीसँग कम्पनीका निर्देशकद्वय राज पाण्डे र रक्षा थापाले हस्ताक्षर गरेका छन्।
यो कम्पनीले हरेक वर्ष नेपालबाट दुई खेलाडीलाई इंग्ल्यान्डको डिभिजन वान प्रतियोगितामा एक्स्पोजर दिने गरेको छ। कम्पनीमा २२ खेलाडीले रोजगारीको अवसरसमेत पाएको निर्देशक पाण्डेले जानकारी दिए। उनले आगामी दिनमा महिला खेलाडीका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। हेटौंडामा क्रिकेट एकेडेमी सुरुआत गर्न लागेको ग्रुपमा माया क्रिकेट क्लब, सपोर्टेड लिभिङ, स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोशाक घर लगायतका संस्थाहरु एसोसिएट रहेका छन्।