नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को देशव्यापी पर्चा वितरण कार्यक्रम सुरू

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को देशव्यापी पर्चा वितरण कार्यक्रम सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले देशव्यापी पर्चा वितरण कार्यक्रम सुरू गरेको छ ।

सोमबार पार्टीले काठमाडौंको भोटाहिटीबाट देशभर पर्चा वितरण कार्यक्रम शुभारम्भ गरेको हो । पार्टीले निर्वाचनको सन्दर्भ, समसामयिक राष्ट्रिय राजनीतिबारे आम नागरिकलाई आफ्ना धारणाहरू सार्वजनिक गर्न पर्चा वितरण कार्यक्रम सुरू गरेको हो । पर्चा वितरण कार्यक्रमलाई पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले शुभारम्भ गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.