
काठमाडौं । एनभीए च्याम्पियनसिपअन्तर्गत महिलातर्फ भएको खेलमा न्यु डायमन्ड स्पोट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
दशरथ रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले संयोगवश तीन सेट नै एकै स्कोरमा जित हासिल गरेको हो। उसले तीन सेटमा नै २५-१७ को सानदार जित हासिल गरेको हो। न्यु डायमन्डको जितमा सुमित्रा रेग्मी, प्रतिमा भालि, प्रगति नाथले उत्कृष्ट प्रदर्शन गरेको थियो।
पछिल्लो समय अष्ट्रेलियमा रहेकी प्रतिभा प्रतियोगिताका लागि नेपाल आएकी छन्। उनले च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेर विभागीय टिमलाई सहजै हराउने महत्वपूर्ण योगदान दिइन्। जारी प्रतियोगितामा आर्मीको यो पहिलो हार हो भने न्यु डायमन्डले लगातार दोस्रो जित निकालेको छ। आजको जितसँगै न्यु डायमन्ड सेमिफाइनल नजिक पुगेको छ।
आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ३-० को सेटनमा नै हराएको छ। खेलको पहिलो सेटमा २५-२१ को जित निकालेर राम्रो सुरूआत गरेको सुदूरपश्चिमले लगातार दबाब बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो। उसले दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा १५-१७ को जित हाासिल गरेको हो।
लागतार दोस्रो हारसागै मधेश प्रदेश बाहिरिने संघारमा पुगेको छ। सुदूरपश्चिमले पहिलो जित निकालेर सेमिफाइनल सम्भावना कायम राखेको छ। आफ्नो पहिलो खेलमा सुदूरपश्चिम एपिएफसँग पराजित भएको थियो।