रूकुमपश्चिम ट्रेनिङ सेन्टर एनभीए पुरूष भलिबल च्याम्पियसिपको क्वार्टरफाइनलमा

जावलाखेल भलिबल ट्रेनिङ सेन्टर चार सेटमा पराजित
पुस १४, २०८२ |खेल ब्युरो
रूकुमपश्चिम ट्रेनिङ सेन्टर एनभीए पुरूष भलिबल च्याम्पियसिपको क्वार्टरफाइनलमा

काठमाडौं । रूकुमपश्चिम ट्रेनिङ सेन्टर एनभीए पुरूष भलिबल च्याम्पियसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा रूकुमपश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई चार सेटमा पराजित गरेको हो । रूकुमपश्चिमको जारी प्रतियोगितामा यो लगातार दोस्रो जित हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रूकुमपश्चिमले सुर"वातबाट नै विपक्षीमाथि दबाब बनाएको थियो । 

पहिलो सेटमा उसले जावलाखेललाई २५-२० ले पराजित गर्यो । दोस्रो सेटमा पनि २५-१८ को जित हात पारेपछि रूकुमपश्चिम सहज स्थितिमा पुगेको थियो । तर तेस्रो सेटमा जावलाखेलले पुनरागमन गर्यो । यो सेट २३-२५ ले गुमाएपछि रुकुमपश्चिम सोझो सेटको जित निकाल्नबाट चुकेको थियो । 

यद्यपि, चौथो सेटमा पुनः लयमा फर्किएको रूकुमपश्चिमले २५-१८ ले जावालाखेललाई हराएर अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । समुह 'सी'मा रहेको रूकुमपश्चिमले यसअघि बुढानिलकण्ठ भलिबल क्लबलाई हराएको थियो । जावलाखेलको यो पहिलो खेल हो । 

यस्तै विभागीय टिम त्रिभुवन आर्मी क्लबले पनि अन्तिम आठमा स्थान बनाएको छ । साेमबार भएको खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा हराएको हो । पहिलो सेट आर्मीले २५-१० जितेको थियो । दोस्रो सेटमा किर्तिपुर २५-२१ ले पराजित भएको थियो । आर्मी तेस्रो सेटमा २५-२१ को जितका साथ क्वार्टरफाइनल पुगेको हो । आर्मीको यो लगातार दोस्रो जित हो । किर्तिपुर भने आफ्नो पहिलो खेलमा पराजित भयो ।