
काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब एनभीए भलिबलमा लगातार जितसँगै नकआउट चरणमा प्रवेश गरेका छन्।
हेल्प नेपालले स्पोर्ट्स एनभीए भलिबल लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा उसले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हराएको हो। उपाधि दावेदारसमेत रहेको हेल्प नेपालले आइतबार पुरुषतर्फको पहिलो खेलमा ३-० को सेटमा जित दर्ता गर्यो।
खेलको सबै सेटमा मणिमुकुन्दले हेल्प नेपाललाई कडा प्रतिस्पर्धा दिन सकेन । पहिलो सेटमा हेल्प नेपालले २५-१६ को जित निकालेको थियो। त्यसैगरी, दोस्रो सेटमा उसले २५-१९ को जित हाासिल गर्यो। २-० ले पछि परेको अवस्थाबाट कमब्याकको प्रयास गरेको भए पनि मणिमुकुन्द २५-२२ को जित हाासिल गरेको हो। यो जितसँगै हेल्प नेपालले दुई खेलबाट ६ अंक जोडेको छ। मणिमुकुन्द भने आफ्नो पहिलो खेलमा नै पराजित भएको हो।
आइतबार नै भएको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ। आजको जितसँगै पुलिस क्लबले नकआउट चरणमा स्थान बनाएको छ। खेलको पहिलो सेटमा खेल्जी युवा क्लब २५-२१ ले पराजित भएको थियो।
त्यसैगरी दोस्रो सेटमा पुलिसले २५-१६ को पूर्ण नियन्त्रणसहितको जित निकालेको थियो। तेस्रो सेटमा पनि २५-१६ को जितसँगै पुलिसले समूह चरण समाप्त गरेको हो।