
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स गुल्मीको हुँगा पुगेको छ ।
'च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ अन्तर्गत आइतबार लुम्बिनीको टोली खुसी साट्न गुल्मीको छत्रकोट-१ हुँगा पुगेको हो । ट्रफीसहित विजेता टोली पुग्दा वातावरण निकै उत्साहपूर्ण बनेको थियो । ट्रफीसहितको टोलीलाई स्थानीयले फूलमाला र टिका लगाएर स्वागत गरेका थिए । लुम्बिनी लायन्सका खेलाडी तिलक भण्डारीको सोही निर्वाचन क्षेत्रका हुन्।
पहिलोपटक ट्रफीलाई आफ्नै विद्यालयमा पाउँदा निकै उत्साह छाएको र विद्यार्थीहरुमा हर्षविभोर देखिएका जन-जागृति माविको प्र.अ. कमला भण्डारीले जानकारी दिइन् । च्याम्पियन टोली पुग्दा विद्यालय परिसरमा क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति थियो ।
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै ट्रफी जितेको थियो । जितको खुसी र सफलतालाई जनसमक्ष पुर्याउँदै टिमले आफ्नो प्रदेशका जिल्लामा ट्रफी टूर गरिरहेको छ । बाँकेबाट सुरू भएको ट्रफी टूर गुल्मीको रिडी हुँदै आइतबार नै पाल्पा पुगेको छ ।