चन्द्रपुर क्रिकेट लिगको उपाधि चमनपुर सुपर किंग्सलाई

पुस १३, २०८२ |राजेश्वर पाण्डे
चन्द्रपुर क्रिकेट लिगको उपाधि चमनपुर सुपर किंग्सलाई

रौतहट । चन्द्रपुर क्रिकेट लिगको उपाधि चमनपुर सुपर किंग्सले जितेको छ। 

रौतहटको चन्द्रपुरस्थित कोटीहोम खेल मैदानमा भएको फाइनलमा देवीपुर रोयल्सलाई ६ विकेटले हराउँदै चमनपुर सुपर किंग्स विजयी भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको देवीपुर रोयल्सले बीस ओभरमा आठ विकेट गुमाउँदै ११२ रन जोड्यो । देवीपुरका साहिल पटेलले सर्वाधिक ३९ रन बनाए । एक सय १३ रनको लक्ष्य पछ्याएको चमनपुरले १४ दशमवलव ४ बलमा चार विकेट गुमाउँदै खेल जितेको हो । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समनपुर बोल्टस्का सुमित श्रेष्ठ म्यान अफ द सिरिज घोषित भए । विजेता चमनपुरले नगद पाँच लाख र उपविजेताले देवीपुरले दुई लाख नगद पुरस्कार पाएका छन् ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।