
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार सात खेल हुँदै छन् ।
सीटी ग्राउन्डमा साझ सवा ६ बजे सुरू हुने खेलमा म्यानचेस्टर सिटी र नटिङ्घम फरेस्ट अमने समने हुँदै छन् । नटिङ्घम फरेस्ट पछिल्लो समय केही कमजोर देखिएको छ । यसको विपरित, म्यानचेस्टर सिटी प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको छ । पेप गार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले लिगमा लगातार पाँच खेल जित्दै १७ गोल गरेको छ ।
नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डको नेतृत्वमा सिटीको आक्रमण हाल युरोपकै सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ । गत सिजन यही मैदानमा फरेस्टले सिटीलाई १-० ले पराजित गरेको भए पनि त्यो नतिजा अपवाद जस्तै देखिन्छ । समग्रमा पछिल्ला पााच भेटमध्ये चार खेलमा सिटी विजयी भएको तथ्यले पनी सीटी बलियो रकेको प्रमाणित गर्छ । यो खेल जित्दै सीटी लिगको शीर्ष स्थानमा पुग्न चाहन्छ । सीटीलाई शीर्ष स्थानमा पुग्न आफ्नो जितसँगै आर्सनलको हार बा बराबरी नतिजा आवस्यक पर्छ ।
पौने ९ बजे एमिरेट स्टेडियममा लिग तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनको समना गर्दैछ । आर्सिनल यो खेल जित्दै लिगको शीर्ष स्थानमा यथावत् रहने लक्ष्यमा हुने छ । आर्सनलले पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा नदेखाए पनि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।
पछिल्ला खेलमा उसले वुल्भ्सविरूद्ध २-१ र एभर्टनविरूद्ध १-० को जित हात पारेको थियो । ब्राइटन लिगको नवौं स्थानमा छ । यसै समय एनपील्डमा लिभरपुलले वुल्भ्सलाई स्वागत गर्नेछ । तालिकाको पुछारमा रहेको वुल्भ्सका लागि एनफिल्डको यात्रा अत्यन्तै कठिन देखिन्छ ।
यस सिजन वुल्भ्सले म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडजस्ता बलिया टोलीविरूद्ध धेरै गोल खाइसकेको छ । जसले उसको रक्षात्मक कमजोरीलाई स्पष्ट पारेको छ । लिभरपुल भने पछिल्ला पाँच खेलदेखि अपराजित रहेको छ । लिभरपुल २९ अंकसहित लिगको छौंटौं स्थानमा छ ।
पौने ९ बजे हुाने अन्य खेलमा वेस्ट हम र फुलहम तथा बर्नली र एभर्टन प्रतिस्पर्धा गर्दै छन् । राति सवा ११ बजे चेल्सीले एस्टन भिल्लालाई स्वागत गर्नेछ ।