
काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी फेब्रुअरी मार्चमा आयोजना हुने टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय टिममा थोरैमात्र परिवर्तन हुन सक्ने बताएका छन् ।
शुक्रबार रोहितलाई ओमोडा र जेको गाडीको नयाँ ब्रान्ड एम्बासडर नियुक्त गर्न आयोजित कार्यक्रममा रोहितले केही दिनमै विश्वकप खेल्ने नेपाली टोली घोषणा हुने बताउँदै टिममा एक-आदबाहेक धेरै परिवर्तन नहुने संकेत गरे । टी-२० विश्वकपको तयारीमा रहेको टिम हाल २४ खेलाडीसहित बन्द प्रशिक्षणमा व्यस्त छ ।
राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको तयारी राम्रो रहेको बताउँदै टिम अहिले फिनेसमा केन्द्रित रहेको उल्लेख गरे । आईसीसी टी-२० विश्वकप २०२६ आगामी फेब्रुअरी ७ देखि मे ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदै छ । २० टोली सहभागी प्रतियोगिताको खेल तालिका सार्वजनिक भई सक्दा नेपाल सम्मेलित समूहमा बंगलादेश, इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिज छन् ।
आईसीसीको नियमअनुसार सहभागी देशले विश्वकप सुरू हुन एक महिनाअघि राष्ट्रिय टोली घोषणा गरिसक्नु पर्छ भने त्यसको एक सातासम्म टिममा हेर फेर गर्न मिल्छ । सोही कारण अबको केही दिनमै विश्वकप खेल्ने नेपाली टोली समेत घोषणा गरिने छ ।