कानुनी शासन स्थापित नगरी ‘जेन-जी’का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कानुनी शासन स्थापित नगरी ‘जेन-जी’का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोलेको कुरा पूरा गर्न कतिपय अवस्थामा नसकिने बताउनु भयो । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको उहाँकाे भनाइ छ । कुनै पनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको उहाँले बताउनु भयो । 

रूल अफ ल स्थापित भएपछि मात्रै जेन-जीहरूले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँकाे भनाइ छ । आन्दोलनपछि पनि कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध नभएको उहाँले बताउनु भयो । कानुनी शासन स्थापित गर्न अहिले पनि नसकिएको उहाँले बताउनु भयो ।

अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.