
बुटवल । कालिका कप-२०८२ को उपाधि न्यु-होराइजन माविले जितेको छ ।
जीतसँगै न्यु -होराइनले नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ । बुटवलमा सम्पन्न रूपन्देही जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नवीन मावि भएका छन् । त्यस्तै जिल्लास्तरीय कबड्डी प्रतियोगितामा आयोजक कालिका मावि पहिलो, नवीन औद्योगीक मावि दोस्रो भएका छन् ।
छात्रातर्फको कबड्डीमा न्यु-होराइजन मावि पहिलो र कालिका मावि दोस्रो भएका छन्।