जयकर स्मृति जुनियर टेनिस प्रतियोगिता : यू-९ र १० महिलातर्फको उपाधि निम्ती कुँवरलाई

पुस ५, २०८२ |खेल ब्युरो
जयकर स्मृति जुनियर टेनिस प्रतियोगिता : यू-९ र १० महिलातर्फको उपाधि निम्ती कुँवरलाई

काठमाडौं । २३औं संस्करणको जयकर स्मृति जुनियर टेनिस प्रतियोगिता-२०२५ को यू-९ र १० महिलातर्फको उपाधि निम्ती कुँवरले जितेकी छन् ।

मण्डिखाटार टेनिस कोर्टमा भएको शनिबारको फाइनल खेलमा उनले यू-९ तर्फको फाइनलमा अमायारा गुप्तालाई हराएर उपाधि जितेकी हुन्। निम्तीले फाइनलमा ५-३ र ४-१ को जित हासिल गरेकी हुन्। उनले यू-१० को फाइनमा राजिशा जोशीलाई हराएर उपाधि जितेकी हुन्। 

फाइनल खेलमा राजिशा ६-१ र ६-० ले पराजित भएकी हुन्। यसैगरी, यू-९ पुरुषतर्फ सर्वज्ञ जंग खत्रीलाई फाइनलमा ४-१ र ५-३ ले हराउँदै कयान चालीसले उपाधि जितेका हुन्। उनी विशेष विजेता हुँदै गोलाप्रथाबाट बाइसाइकल पुरस्कार जितेका छन्।

यसैगरी, १० वर्ष मुनिको उमेर समूहको पुरुषतर्फ विजेता साहान्स बस्नेत विजयी भए। उनले फाइनलमा विराल अग्रवाललाई ६-३ र ७-५ को सेटमा हराएका हुन्। त्यसैगरी १२ वर्ष मुनिका पुरुषतर्फ आर्यस पौडेलले ६-३ र ६-२ को जित हाासिल गरेका हुन्। उनले फाइनलमा आर्यस राज पौडेललाई हराएका हुन्। यस्तै, सारा पन्तले अन्डर ट्वेन्भको फाइनलमा इभा खत्रीलाई सोझो सेटमा हराएर उपाधि जितिन्। पहिलो सेट ६-२ ले जितेकी उनले दोस्रो सेटमा ब्यागल प्रहार गरिन्।