
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको बेतौना कोटीहोम खेल मैदानमा जारी चन्द्रपुर क्रिकेट लिगमा शुक्रबार समनपुर बोल्टस् र देवीपुर टिम विजयी भएका छन् ।
पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दुर्गा भगवतीले निर्धारित २० ओभरमा १ सय ५४ रन बनायो । दुर्गा भगवतीका डब्बलु मल्लिकले अर्धशतकीय पारी खेले भने शैलेन्द्र साहले ३९ रनको योगदान दिए । विपक्षी टीम समनपुर बोल्टस्का सञ्जय साह र सुमित श्रेष्ठले समान दुई-दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको समनपुरले राकेश कामतको ५१ रन र सुमित श्रेष्ठको ३९ रनको मद्दतले जित हात पारेको थियो। उक्त खेलको म्यान अफ द म्याच सुमित श्रेष्ठ भए ।
अर्को खेलमा देवीपुर टिम ४ रनले विजयी भएको छ । भिजिविलिटी नपुगेर खेल स्थगन हुने अवस्था आएपछि डक वर्थ लुईस नियमका आधारमा देवीपुरलाई विजयी घोषणा गरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको ए एन प्लाजाले निर्धारित १५ ओभरमा आठ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । प्लाजाका तर्फबाट अरविन्द चौधरी ३२ र नितेश यादवले २० रन बनाए । देवीपुरका सेराज हवारी र कमल गुप्ताले समान २-२ विकेट लिए ।