निर्वाचन नभए प्रतिनिधि सभा पुन:स्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन नभए प्रतिनिधि सभा पुन:स्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भए पनि निर्वाचन हुन नसकेमा प्रतिनिधि सभा पुनःस्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको बताउनु भयो । उहाँले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । महाविधेशनको कार्यतालिका सर्वसम्मत रूपमा आएकाले १५औँ महाधिवेशन हुनेमा शंका नगर्न उहाँले आग्रह गर्नुभयो । तर महाधिवेशन विधिअनुसार हुनुपर्नेमा जोड दिनुभयो । 

पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उहाँको भनाइ छ । उहाँले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्‍याएपछि महाधिवेशन हुने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेदवारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.