
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले एउटा पुस्ताको सफलता र समुन्नतिका लागि आफू सबै पद त्याग गर्न तयार रहेको बताउनुभएको छ ।
शनिबार दिउँसो भरतपुरस्थित चौविसकोठी चोकमा चितवनबासीलाई सम्बोधन गर्दै लामिछानेले साच्चिकै एउटा पुस्ताका लागि मिल्ने हो भने आफू सबैभन्दा पहिले त्याग गर्न तयार रहेको बताउनुभएको हो । उहाँले परिवर्तन चाहने सबैसँग मिलेर अघि बढ्ने बेला आएको समेत बताउनुभयो ।
रुपन्देहीबाट धरौटीमा रिहा भएर चितवन पुगेका लामिछानेले जेन-जीहरुको एक थोपा रगत पनि खेर जान नदिने उद्घोष गर्नुभयो । उहाँले सुशासनको डन्डा चलाउँदै निर्वाचन समयमै सम्पन्न गर्न वर्तमान सरकारलाई आग्रह पनि गर्नुभयो । सरकारलाई रास्वपाको पूर्ण साथ र सहयोग रहने पनि उहाँले प्रष्ट पार्नुभयो ।