
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति नौ खेल हुनेछन्।
यी खेलमध्ये केन्द्रमा रहनेछ रियल मड्रिड र म्यानचेस्टर सिटीबीच राति पौने २ बजे स्पेनको राजधानीमा हुने खेल। विश्व फुटबलकै हेभिवेट टिमबीचको प्रतिस्पर्धा जारी च्याम्पियन्स लिगको प्रतिक्षित खेलमध्ये एक हो। ३६ टिम सहभागी लिगमा ५ खेलमा १० अंकसहित म्यानचेस्टर सिटी १२औं स्थानमा छ भने १२ अंक बनाएको रियाल छैटौं स्थानमा छ।
बुधबार रातिको खेलमा जित निकाल्दै यी दुवै टोली शीर्ष चारभित्र पुग्ने योजनामा हुनेछन्। १५ पटकको च्याम्पियन्स लिग विजेता पछिल्लो हप्तान्तमा सेल्टा भिगोसँग २-० को लज्जास्पद हारबाट गुज्रिएको छ। यसले प्रशिक्षक जाभी एलन्सोमाथि दबाब बढाएको छ। यता सिटी पनि लगातार तीन जितको उत्साहपछि स्पेन भ्रमणमा छ।
त्यसमाथि फ्रांक गार्सिया, इन्ड्रिक र अल्भारो कोरियाको रातो कार्डले टिमलाई गम्भीर धक्का लागेको छ। त्यमाथि उनीहरुको फरवार्डले लगातार गरेको गल्तीको कारण टिमले स्कोर गर्न सकेको छैन्। अलन्सोले १४ खेलमा १३ जित निकालेदेखि पछिल्लो तीन सय ६० मिनेटमा दुई गोल मात्रै स्कोर गर्न सकेको अवस्थासम्म पुग्दा प्रशिक्षकमाथि धेरै प्रश्न थुपारिएका छन्।
यो सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा हारपछि सिटिजन्सका प्रशिक्षकले दोस्रो खेलका लागि १० परिवर्तन गरेका थिए। अहिले सिटी अन्तिम १६ को स्वत: छनोटबाट बाहिर रहेको छ। त्यसैले उसलाई कमब्याकको खाँचो भने हुनेछ। बोरुसिया डर्टमन्ड र चेल्सीको तुलनामा गोलअन्तर कम भएपछि सिटिजन्स १२ स्थानमा रहेको हो।
यसपटक सिटी रियालसाग लगातार तेस्रो पटक पराजित हुनबाट जोगिने योजनामा छ। सिटी पछिल्लो सिजन नकआउटमा समग्रमा ६-२ ले पाराजित भएको थियो। तर उसले बर्नाबेउमा भएका सात खेलमध्ये एक खेल मात्रै जितेको छ। अहिले एलन्सोको टिमको रक्षापंति संकटमा छ।
सेल्टा भिगोसँगको पहिलो हाफमा चोटका कारण इडरमिलिटाओ बाहिरिएका छन्। ड्यानि कार्भाजल, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड र फरल्यान्ड मेन्डी पनि अनफिट छन्। डेभिड अलावा र डेन हुइजेन पनि पुरा फिट छैनन्। यता सिटी भने हाल्यान्डाको स्कोरिङ्मा धेरै डिपेन्ड छ।