भारतसँगको डिसएबिलिटी मैत्रीपूर्ण सिरिज खेल्न भारत जाने नेपाली टोलीलाई बिदाइ

मंसिर १२, २०८२ |खेल ब्युरो
भारतसँगको डिसएबिलिटी मैत्रीपूर्ण सिरिज खेल्न भारत जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । भारतसँगको डिसएबिलिटी मैत्रीपूर्ण सिरिज खेल्न भारत जाने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ-क्यान र राष्ट्रिय खेलकुद परिषद्‌-राखेपले छुट्टाछुट्टै बिदाइ गरेका छन् । 

एनपीएलको शुक्रबारको खेलबीच नेपाल क्रिकेट संघले टोलीलाई खेल सामग्री हस्तान्तरणसमेत गरेको छ। भारत-नेपाल डिसएबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने छ। खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरूङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन् । 

अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन् । टोलीलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । प्रतियोगिता डिसेम्बर ३ देखि ५ तारिखसम्म हुनेछ ।