एएफसी यू-१७ एसियन कप छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ

मंसिर १, २०८२ |खेल ब्युरो
एएफसी यू-१७ एसियन कप छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल संघले साेमबार सातदोबाटोको एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरेको हो । नेपाली टोली यही नोभेम्बर २२ देखि २८ सम्म म्यानमारमा हुने छनोटका लागि त्यसतर्फ जान लागेको हो। टोली बुधबार म्यानमार प्रस्थान गर्ने तालिका छ । 

नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा सिरियाको सामना गर्नेछ । त्यसैगरी, घरेलु टोली म्यानमारसँग नोभेम्बर २४ मा खेल्ने तालिका छ। नेपालले आफ्नो तेस्रो खेलमा २६ नोभेम्बरमा ओमान र २८ नोभेम्बरमा अफगानिस्तानसँग खेल्ने तालिका छ। समूह जीमा रहेको नेपालसँगै बाँकी सबै टोली निकै बलिया छन् । 

बिदाइ कार्यक्रममा एन्फा महासचिव किरण राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, केन्द्रीय सदस्यहरू पुरूषोत्तम थापा, विकासनारायण श्रेष्ठलगायत पदाधिकारीको उपस्थिति थियो ।