तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छ : मन्त्री खरेल

मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताउनुभएको हो । उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनु भयो । 

उहाँले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।

उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडी बढाइरहेको पनि जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.