
काठमाडौं । नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसीसी परियोजनाका लागि करिब ७ अर्ब रूपैयाँ अनुदान थप हुने भएको छ ।
एमसीसी कम्प्याक्टमा पाँच करोड अमेरिकी डलर अनुदान थप हुने भएपछि परियोजनामा कुल सहायता लगभग १ खर्ब ६ अर्ब रूपैयाँ पुगेको हाे । सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर लगानी हुनेछ ।
एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनालाई पूर्णता दिन महत्वपूर्ण टेवा पुर्याउने बताइएको छ । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको अमेरिकी दूतावासले जनाएको छ ।
एमसीसीले नेपालमा लागू भएको दुई वर्ष बित्न लाग्दा प्रभावकारी रूपमा काम भने हुन सकेको छैन् ।