
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोश्रो संस्करण सुरू भएको छ । नेपाली क्रिकेट इतिहासमै फ्लडलाइट मुनी खेल भएको यो पहिलो हो ।
प्रधानमन्त्री सुशीला कार्कीले त्रिवि क्रिकेट मैदानमा एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । प्रतियोगिता उद्घाटन गरेपछि प्रधानमन्त्री कार्कीले केहीबेर खेल अवलोकन गर्नुभएको थियो ।
दश हजार दर्शक क्षमताको प्याराफिट र ६ वटा फ्लडलाइट जडान गरिएको त्रिवि मैदानमा एनपीएलको दोश्रो संस्करणको पहिलो खेलका लागि दुई दिन अघि नै सबै टिकट बिक्रि भएका थिए । खेलका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।